काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ६० करोड बरारबरको ट्रेजरी बिल जारी गर्दैछ । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउसो २ बजे बोलकबोल हुने छ । उक्त ट्रेजरी बिल राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि मंगलबार जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले १ वर्षको लागि ७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि जारी हुने ३ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल भने वि.स २०८० बैशाख १२ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्री गरिन्छ ।
भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Comments are closed.