राष्ट्रपति पदमा उम्मेदवारी दिने नेपाली कांग्रेसको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबारमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको बताए । यसअघि कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो ।पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत कांग्रेसले दिएको थियो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।

You might also like

Comments are closed.