काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्ला, लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
बैंकले आज सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।कर्मचारी सञ्चय कोषका सह-प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हालसम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग तथा समुदाय सम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ सुविधाहरु समेत प्रदान गर्नेछ ।
Comments are closed.