सेयर बजार उकालो : नेप्से ८.१४ अंकले बढ्दा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । दोस्रो कारोबार दिन सोमबार भने नेप्से १३ दशमलव ७१ अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन आइतबार भने सार्वजकि बिदा परेको थियो ।

आज नेप्से ८ दशमलव १४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ अंकमा पुगेको छ । हिजो नेप्से घटेको दिन ३ अर्ब ८६ करोड ४० लाखको कारोबार भएकोमा आज भने जम्मा दिन अर्बको कारोबार भएको छ ।

आज कुल १०९ कम्पनीको मूल्य बढेको छ भने, ८९ वटा कम्पनीको बटेको छ । १० को भने स्थिर रहेको छ । त्यस्तै, बैंकिङ उपसमूह २ तथा उत्पादन ३ अंक घटेका छन्।

विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंकले बढेका छन् ।

You might also like

Comments are closed.