संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदमा बसेर संघीय  लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएको बताएका छन् । साथै उनलेलोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोधने समेत स्पष्ट पारे ।

दाहालले मंगलबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको बताउँदै गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएको बताएका हुन् ।

‘जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको छ। मेरो क्याबिनेटको एक जना मन्त्रीले संघीयता नै खारेज गर्नुपर्छ भन्ने आयो। यो स्पष्टिकरणको विषय हुन्छ,’ उनले भने, ‘मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन, यो स्पष्टीकरणको विषय हुनेछ। मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइन्छ। यो छुट सबैलाई छ। तर मन्त्रिपरिषदमा बस्ने अनि संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन।’

त्यसैगरी, उनले प्रदेशमा ठूलो मन्त्रिपरिषद बनाउँदा संघीयता विरोधीहरूले प्रश्न उठाउने अवसर पाएको भन्दै १० प्रतिशतसम्म मात्रै मन्त्री बनाउने बताए।

 

You might also like

Comments are closed.