कर्णालीमा हिमपातको कारण दुई दिनदेखि हवाई सेवा अवरुद्ध

काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपातका कारण दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ

मंगलबारदेखि निरन्तर परेकाे  हिमपातको कारण मुगु, हुम्ला, जुम्ला र डोल्पामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको हो । हवाई अवरुद्ध हुदाँ त्यहाँका यात्रुहरू मर्कामा परेका छन् ।

दोस्रो पटक हिमपात भएको हुम्ला हिउँ पर्न रोकिएको छैन सिमकोट विमानस्थलमा करिब डेढ फिट हिउँ जमिसकेको छ‚ अझै आउने क्रम जारी रहेको छ । जुम्लामा हिमपात नरोकिँदा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

भारी हिमपातले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको हुम्ला सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा हुम्लामा खाद्य वस्तु ढुवानीमा बाधा परेको र यात्रुलाई तराई झर्न र माथि जिल्लातिर आउन मुस्किल भएको छ ।

त्यस्तै, मुगुको रारा विमानस्थलमा पनि दुई दिनदेखि उडान हुन सकेको छैन् । भारी हिमपातले गर्दा कर्णालीमा हिमाली जिल्लामा छिनछिनमा सञ्चार नेटवर्क अवरुद्ध हुन थालेको छ ।

You might also like

Comments are closed.