काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडद्वारा टि-सर्ट हस्तान्तरण गरेको छ ।
बैंकले जैशिदेवल युथ क्लवले आयोजना गर्न लागेको प्रदेशस्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लवका पदाधिकारीहरुलाई टि-सर्ट हस्तान्तरण गरेको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले क्लवका अध्यक्ष राजेश प्रजापतिलाई उक्त टि-सर्ट हस्तान्तरण गरेका हुन् ।
बैंकले उक्त क्लवलाई विगत बर्षहरुमा समेत निरन्तर सहयोग गर्दै आएको छ ।यस बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
Comments are closed.