गृहमन्त्रीको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा, अर्को बहस शुक्रवार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा अग्राधिकारसहित आजदेखि सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

अब मुद्धामाथिको बहस शुक्रवार सकिने छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे । खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरे।

बहसका क्रममा निवेदक तर्फका अधिवक्ताले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएकाले नेपाली नागरिकता नै अवैध रहेको तर्क गरेका छन् ।

लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभइ कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।

गृहमन्त्री लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने भन्दै अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको कारण उनले अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने तर्क गरेका थिए ।

You might also like

Comments are closed.