निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न शहरीमन्त्री पाण्डेको निर्देशन

काठमाडौं ।  शहरी विकास मन्त्री विक्रम पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

बिहीबार मन्त्री पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको स्थलगत निरीक्षण गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन । समस्या परेको खण्डमा सिधै हामीलाई भन्नुहोला।’
मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए।त्यस्तै उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजना बिषयमा जानकारी लिएका थिए।

 

You might also like

Comments are closed.