नेपालको अर्थतन्त्रमा चाँडै सुधार आउँछ : गभर्नर अधिकारी

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने बताएका छन् ।

उदयपुरको चौदण्डिगढी नगरपालिका-६ स्थित जनज्योति माध्यमिक विद्यालय परिषरमा करिव १५ लाखको लागतमा नवनिर्मित सरस्वति मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने बताएका हुन् ।

उक्त मन्दिर वडा नम्बर ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन् ।

गभर्नरले मन्दिरको उद्घाटन गर्दै विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्‍याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दाबी व्यक्त गरे ।

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो। ‘नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य समस्या नै हो,’ अधिकारले भने, ‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यास भइरहेका छन्।’

अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान सुरु र साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीतिहरू बनाइएको बताए।

उनले साथै विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंक सम्बन्धी जानकारी दिने काम सुरु गरिएको बताए।

You might also like

Comments are closed.