गहुँ आयातमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । गहुँ आयातमा सहजीकरण गर्न उद्योगीहरुले सरकार समक्ष माग गरेका छन् । गहुँ तथा मैदाको अभावले मैदाजन्य उद्योगहरु धरासयी बनेको र अधिकाँंश उद्योगहरु बन्द हुने अवस्थामा रहेको भन्दै उद्योगीहरुले सरकारलाई तत्काल गहुँ आयात सहज गराउन माग गरेका हुन् ।

यसैक्रममा बिस्कुट उत्पादक संघ, चाउचाउ उत्पादक संघ, कुकिज संघ लगायतका संघसंस्थाहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटेर गहुँ आयात सहज बनाउन माग गरेको छ । टोलीले सोही मागसहित वाणिज्य सचिव मधु कुमार मरासिनी, उद्योग सचिव डा. तोयनारायण ज्ञवाली, कृषि सचिव डा. दीपक कुमार खराललाई पनि भेटेको छ ।

संयुक्त डेलिगेशन टोलीले बिस्कुट र चाउचाउ उद्योगको लागि आवश्यक कच्चापदार्थ मैदाको सहज उपलब्धताको लागि माग गरेको टोलीमा सहभागी पशुपति भुसालले जानकारी दिए । साथै चिनी र धुलो दूध उद्योगको नाममा गहुँ तथा मैदा आयात गर्न पाउनुपर्ने पनि उनीहरुको माग छ ।

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

jutta mela

उद्योगहरुको टोलीले गहुँ तथा मैदा अभावमा उत्पन्न भएको समस्याका बारेमा नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापासँग पनि छलफल गरेको छ ।

You might also like

Comments are closed.