साताको सेयर समीक्षा : नेप्से २,१८३ अंकमा, १३ अर्ब १९ करोडको कारोबार

काठमाडौ । गत साता भन्दा यो साता सेयर बजार परिसूचक (नेप्से) मा केही सुधार आएको छ । नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि उकालो लाग्दै आएको सेयर बजार एक साता पछि भने ओरालो लाग्दै गएको थियो । निकै उचारचढावका बीच यो साता भने साता कारोबारमा केही सुधार आएको हो ।

यो साता नेप्से २१ सय एक सय ८३ दशमलव २१ अंकमा सिमित भएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय १३ दशमलव १४ अंकमा सिमित भएको छ । सातामा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौं सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १९ करोड ३८ लाखको कारोबार भएको छ। यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता नेप्सेमा दुई सय ५० वटा कम्पनीहरुको एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता सेयर किनबेच भएका थिए । सोही किनबेचका आधारमा गत साता कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैंयाँ पुगेको थियो ।

jutta mela

यो साता नेप्से चार दिन मात्र खुलेको थियो । पहिलो कारोबार दिन सार्वजनिक बिदा परेको थियो । पहिलो दिन बन्द रहेको नेप्से दोस्रो र पाँचौं दिन घटेपनि तेस्रो र चौंथो दिन भने बढेको थियो। जसमध्ये दोस्रो दिन १३ दशमलव ७१ अंकले घटेर २१ सय ६५ दशमलव १० अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन शुन्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा खुम्चिएको थियो ।

यसैगरी दोस्रो दिन दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय १३ दशमलव शुन्य एक अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि एक दशमलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा सिमित हुन पुगेको थियो ।

You might also like

Comments are closed.