काठमाडौं । गृहमन्त्रीको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उनलाई नै गृहमन्त्रीको जिम्मेवारी तोकिएको जनाएको छ।
मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालि रहेका छन् । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भइसकेका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।
Comments are closed.