पोखरा । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेशको अध्यक्षमा चिरञ्जिवी पोख्रेल निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले २१ सदस्यीय कमिटि गठन गरेको छ, जसमा ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष रहेका छन् ।
नवगठित कमिटिको उपाध्यक्ष हरू वसन्त राज दवाडी, रामचन्द्र शर्मा, जमुना पराजुली चयन भएका छन् । त्यस्तै, सचिवमा मिलन तिवारी, सहसचिवमा प्रशान्त आचार्य, विश्वराज पोख्रेल, फरेन्द्र थापा मगर, कोषाधक्ष्यमा सुसिला सिक्देल निर्वाचित भएका छन् ।
नवगठित कमिटिले ५ बुदे पोखरा घोषणापत्र जारी गरेको छ।
Comments are closed.