बारा । सरकारले देशभरका १४ स्थानमा विशेष आर्थिक क्षेत्र ‘सेज’को स्थापना गरेको छ । निर्यात प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्न सरकारले सेजको स्थापना गरेको हो।
‘सेज’ स्थापना गर्ने प्रक्रिया अन्तरगत बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सिमरा ‘सेज’ संचालनमा आएको छ। उद्यमीले कारखाना संचालनका लागि पूर्वाधार निर्माण सुरु गरेसँगै सिमरा सेज संचालनमा आएको हो।
‘ए ब्लक’ मा स्थापना हुने उद्योगमा करिब ६ अर्ब लगानी हुने र झण्डै २ हजारले प्रत्यक्ष रोजगारी पाउने भएका छन्। सेजमा प्रशासनिक भवन, प्रहरी सुरक्षा, बैंक, बीमा, हुलाक, भन्सार, क्यान्टिन, आन्तरिक सडक पूर्वाधार, ढल, खानेपानी र विद्युती करणलगायतका संरचना निर्माण पुरा भइसकेको छ ।
हर्वल प्रोसेसिङ्ग उद्योग, कृषिमा आधारित उद्योग, सिमेन्ट कम्पनीका बोर्ड, औषधि उद्योगलाई आवश्यक पर्ने उपकरण, आल्मुनियम, भाडा, टिस्यु पेपर र ठुलो संख्यामा गार्मेट उद्योग संचालन हुने जनाइएको छ।
Comments are closed.