काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
साताको पहिलो कारोबारको दिन आइतबार अमेरिकी डरलको मूल्यमा केही पैसा कमि आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको मुद्रा विनिमय अनुसार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ १४ पैसा र बिक्री दर १३० रूपैयाँ ७४ पैसा कायम भएको जनाएको छ ।
त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३६पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ५३ पैसा र बिक्री दर ९२रूपैयाँ ९६ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आज युरो र अष्ट्रेलियन डलरमा केही पैसा कमी आएको छ ।
यस्तै, आइतबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ३ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०७ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ६६ पैसा र बिक्री दर ३४ रूपैयाँ ८२पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६६ पैसा र बिक्री दर ३० रूपैयाँ ८०पैसा राष्ट्र बैंकले तोकेको छ । समग्र हेर्दा आज धेरै जसो मुद्रा विनिमयदरमा केही पैसा घटेको देखिन्छ ।
Comments are closed.