काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) फेरि ओरालो बाटोमा लागेको छ । गत सातादेखि उकालो लाग्दै आएको नेप्से साताको पहिलो कारोबार दिन आज १४ दशमलव ६८ अंकले घटेको छ ।
गत साता कारोबारको अन्तिम दिन ० दशमलव ४१ अंकले घटेर २ हजार १ सय ८३ दशमलव २१ विन्दुमा पुगेर बन्द भएको थियो। आज पहिलो कारोबार दिन १४ दशमलव ६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा झरेको छ ।
आज कुल २६७ कम्पनीका ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाखको कारोबार भएको छ ।
आज होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिएका छन् भने, अन्य सबै उपसूचक राताम्य देखिएका छन्। घटेको बजारमा पनि दुई वटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको छ भने सबै भन्दा धेरै समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्थाको घटेको छ ।
Comments are closed.