भृकुटी मण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी, विशेष छुटमा जुत्ता चप्पल बिक्री

काठमाडौं । नेपालमा चर्चित ब्राण्डहरुद्वारा आयोजित ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ ।

काठमाडौंको भृकुटी मण्डपस्थित सानो चौरमा आयोजित मेलामा जुत्ता चप्पल खरिदमा १० देखि ७० प्रतिशतसम्म छुट उपलब्ध रहेको आयोजकको भनाइ छ ।

माघ महिनाभर जारी रहने मेलामा गएर जुत्ता चप्पल खरिद गरी लाभ लिन सकिने आयोजकको भनाइ छ ।मेलामा हाइलाइफ, बाम्बो, वान वर्ल्ड, शिखर, फुट स्टेप, प्राइड, बोस, हिमानी सुज र भेनस ब्राण्डको सहभागिता छ ।

jutta mela

एउटै थलोमा धेरै ब्राण्डका जुत्ता चप्पल ग्राहकले आफ्नो आवश्यकता अनुसार छानेर खरिद गर्ने अवसर मेलामा मिल्नेछ ।‘ग्राहकले आफ्नो आवश्यकता अनुसारका ब्राण्डको जुत्ता चप्पल मेलामा खरिद गर्ने अवसर प्राप्त हुन्छ,’ आयोजक सबिन कार्कीले भने ।

You might also like

Comments are closed.