अस्थीर ब्याजदरका कारण साना व्यवसायीहरु अत्यन्त प्रताडित भएका छन् : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका शेखर अध्यक्ष गोल्छाले अस्थीर ब्याज दरका कारण विशेष गरी साना व्यवसायी अत्यन्त प्रताडित भएको बताएका छन् ।

महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग सिंहदरवारमा भेटगरी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको थियो उक्त भेटमा गाल्छाले सो कुरा बताएका हुन् ।

त्यस्तै, भेटमा अध्यक्ष  गोल्छाले इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गै मुद्रा स्फितिमा समेत चाप परेको तथ्य राखेका थिए । साथैउद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनु पर्नेमा उनले जोड दिए ।

त्यसैगरी, कोभिड यता लगानी हुन नसकेका कारण आगामी केहि बर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले सो अवसरमा राखेका थिए । भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयनबारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरेको थियो ।

महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत महासंघले  आग्रह गरेकाे र  यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको बताएकाे थियाे भने मन्त्री  भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए ।

महासंघले प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा नया“ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारत स्थित महासंघको साझेदार संस्था सिआईआई सह-आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरि दिन समेत गरेको छ ।

उक्त भेटवार्तामा भारतले अहिले गहुं आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनु पर्नेमा जोड दिएकाे र यसबारे भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए ।

नेपालबाट भारत निर्यात गर्दा जारि हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघले सुझाव दिएको छ ।

मन्त्रालयसँगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानु पर्ने धारणा महासंघले राखेको थियो । साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसँगको सहकार्यका लागि महासंघले आग्रह गरेको थियो ।

मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए । साथै, मन्त्री भण्डारीले वन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिए । त्यसैगरी, मन्त्री भण्डारीले बजेटको मध्यावधि समिक्षा मार्फत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने र व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वास पनि दिएका थिए ।

You might also like

Comments are closed.