काठमाडौं ।वर्तमान समयमा खुद्रा बजारमा तरकारीको मूल्य आकासिदै गएको छ । आजको तरकारीको भाउ हेदाँ कालिमाटीमा नै तरकारीको मूल्य बढेको देखिन्छ । जसको कारण खुद्रा बजारमा सर्वसाधारणलाई एक मुठा सागको ६० रुपैयाँ भन्दा बढी पर्न जानेसक्ने हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।
समितिका अनुसार प्रतिकेजी अदुवा ९६ रुपैयाँ, कागती १२६ रुपैयाँ, लोकल काक्रो, गान्टे मूला र बकूला ६५ रुपैयाँ, रातो आलु २९ रुपैयाँ ४० पैसा, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु २१ रुपैयाँ, तराई काउली १७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २८ रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, तराई गाजर १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा १२ रुपैयाँ ५० पैसा, ग्याठ कोबी, हाइब्रीड सिमी, चमसूरको साग, लौका, मेथीको साग, डल्लो भन्टा, बरेला र पालूगो साग ५६ रुपैयाँ ६७ पैसा तोकेको छ ।
त्यस्तै, भिण्डी १३६ रुपैयाँ, मटरकोशा ४६ रुपैयाँ, मौसम १७० रुपैयाँ, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, सलगम ४६ रुपैयाँ ६७ पैसा, सजिवन ३१० रुपैयाँ, सौफको साग ५६ रुपैयाँ ६७ पैसा, झोले स्याउ २७० रुपैयाँ र हरियो धनिया ७५ रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, बन्दा १७ रुपैयाँ ५० पैसा, छ ।
त्यसैगरी, चुकुन्दर प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, जुनार २६३ रुपैयाँ ३३ पैसा, छडी माछा २६५ रुपैयाँ, बचुवा माछा २८० रुपैयाँ, तामा ९६ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, तोफु १२६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, सुकेको प्याज ४० रुपैयाँ ५० पैसा,
यस्तै, कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ, किवि ३२५ रुपैया , नेपाली सुन्तला १५० रुपैयाँ, सेलरी २३३ रुपैयाँ ३३ पैसा, रहु माछा ३८६ रुपैयाँ ६७ पैसा,स्ट्रबेरी भुईऐसेलु ४०० रुपैयाँ, उखु प्रतिवटा ७५ रुपैयाँ, मौसम प्रतिकिलो १७० रुपैयाँ, समितिले मूल्य तोकेको छ ।
Comments are closed.