फेरि बढ्यो सुनचाँदीको मूल्य, बजारमा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार एकैदिन ५ सय रुपैयाँले घटेको सुन बुधबार फेरि ५ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार बढेको सुन मंगलबार घटेको थियो भने बुधबार फेरि बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ । हिजो तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । केही समयदेखि सुनचाँदीको भाउमा उतारचढाव कायमै रहको छ । पछिल्लो समयमा सुनको मूल्य बढेर उच्च भईरहेको छ । जसको कारण सुनको कारोबार गर्ने ग्राहक मर्कामा परेका छन् ।

You might also like

Comments are closed.