आज अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसाको भाउ कति ?

काठमाडौं ।  बुधबार बढेको अमेरिकी डलरको मूल्य बिहीबार भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३० रुपैयाँ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । बुधबार  पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो ।

त्यस्तै, आज १ युरोको खरिद दर १४२रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ५७ पैसा र बिक्री दर ९३ रूपैयाँ राष्ट्र बैंकले कायम गरेको छ । बिहीबार भने युरो र अष्ट्रेलियन डलर दुबैको मूल्य बढेको छ ।

यस्तै, बिहीबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०७ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्री दर ३५ रूपैयाँ ०१ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६६ पैसा र बिक्री दर ३० रूपैयाँ ८०पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिदमूल्य ४२८ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ४३० रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैया ९२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ५१ पैसा राष्ट्र बैंकले तोकेको छ । समग्रमा आज धरैजसको देशको मुद्राको मूल्य बढेको छ भने अमरिकन डलरको मूल्य स्थिर रहेको छ ।

You might also like

Comments are closed.