काठमाडौं । पुर्वाञ्चल ल्यूब आयल लिमिटेडमा अल्फा प्लस भेन्चर्स लिमिटेडले लगानी गर्ने भएको छ ।
विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम अनुमतीपत्र प्राप्त अल्फा प्लस भेन्चर्सले सुन्दरहरैचा-९, मोरङमा रजिष्टर्ड कार्यालय बिराटचोकमा रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडमा लगानी गर्नको लागि पुर्वाञ्चल ल्यूव आयलको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले माघ १८ गते बुधबार सहमति हस्ताक्षर गरेका छन् ।
पुर्वाञ्चल ल्यूव आयलले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको नेपालको हाल एक अग्रणी लुब्रिकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयलले विभिन्न प्रकारका पीएलओ ब्राण्डको लुब्रिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।
अल्फा प्लस भेन्चर्सको लगानी पश्चात पुर्वाञ्चल ल्यूव आयलमा नँया लुब्रिकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर पीएलओ ब्राण्डका लुब्रिकेन्टहरुको उल्लेख्य मात्रामा बिक्री वितरण हुने र कम्पनीको सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिबृद्धि भई कम्पनीले आफनो वित्तीय योजनामा समेत प्रभावकारी ढंगले अगाडी बढाउन सकी बिदेशबाट विभिन्न ब्राण्डको आयातीत लुब्रिकेन्टलाई प्रतिष्थापन गर्दे नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्यु्रबीकेन्टलाई प्रोत्साहन हुने कुरामा कम्पनी विश्स्वत रहेको कुरा कम्पनीका प्रबन्ध संचालक भोलेश्वर दुलालले व्यक्त गरेका थिए ।
Comments are closed.