त्रिथुंगा ट्रेडिङ प्रालिद्वारा बहुउद्देश्यी ‘त्रिथुंगा कम्प्लेक्स’ निर्माण

काठमाडौं । त्रिथुंगा ट्रेडिङ प्रालिले काठमाडौंको ढुंगेअड्डा कलंकीमा सुविधा सम्पन्न बहुउद्देश्यीय भवन निर्माण गरेको छ । कम्पनीले करिब ६० हजार स्क्वायर फिटमा सुविधा सम्पन्न संरचनासहित ‘त्रिथुंगा कम्प्लेक्स’ बनाएको हो ।

भवन निर्माणको काम सम्पन्न भइसकेको र व्यावसायिक रुपमा सञ्चालनमा आएको प्रालिका बिजनेश हेड श्याम पाण्डेले जानकारी दिए । बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ प्रालिको केन्द्रीय कार्यालय पोखरामा छ भने कर्पोरेट कार्यालय काठमाडौंमा छ ।

प्रालिको कर्पोरेट कार्यालयको सेवा सोही भवनबाट सञ्चालनमा ल्याएको छ । बतास अर्गनाइजेसनको केन्द्रीय कार्यालय भने नक्सालमा छ ।
कम्प्लेक्समा ब्लक ‘ए’ र ब्लक ‘बि’ रहेको छ । ब्लक ‘ए’ मा कम्पनीको कार्यालय रहेको छ भने ब्लक बि विभिन्न संघसंस्था तथा व्यक्तिलाई भाडामा दिइनेछ ।

केही ब्लक बुकिङ भइसकेको र केही बाँकी रहेको पाण्डेले जानकारी दिए । व्यावसायिक तथा कार्यालय प्रयोजनका लागि भवन भाडामा लिन चाहने व्यक्ति तथा फर्मले प्रालिमा सम्पर्क गर्न सक्ने उनले बताए ।प्रालिले पेट्रोनास लुब्रिकेन्ट्स, ग्लोब्याट अटोमोटिभ व्याट्री र माइक्रोटेक इन्भर तथा ब्याट्री आयात गरी डिलर मार्फत देशभर बिक्री वितरण गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.