काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ। माघ १५ मा कामपाले ९ वटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो।
यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जिकरण विभागसँग छलफल गरी सोमबारदेखि सेवा सुरु गरिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। नागरिकले आफूलाई पायक पर्ने वडा कार्यालयमा गई परिचयपत्र प्राप्त गर्न सक्ने प्रवक्ता मानन्धरले बताएका छन्।
यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो।
कानुनी रुपमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले उक्त परिचयपत्र लिने सक्ने व्यवस्था छ।
Comments are closed.