काठमाडौं । टाटा मोटर्सले नानो ईभी बजारमा ल्याउने भएको छ । विद्युतीय कारको माग तीव्र गतिमा बढ्दै गएको परिपेक्षमा टाटाले एक पछि अर्को इलेक्ट्रोनिक गाडि उत्पादन गरिरहेको छ।
टाटा टियागो, टाटा अल्ट्रोज र टाटा नेक्सनका इलेक्ट्रिक संस्करणहरू सार्वजनिक गरेपछि अब टाटाले चाँडै टाटा नानो इलेक्ट्रिकलाई बजारमा उतार्दैछ । रतन टाटासँग हाल नानो इलेक्ट्रिकको स्वामित्व छ, जुन इलेक्ट्रा ईभीद्वारा डिजाइन गरिएको हो ।
२०१८ मा कोइम्बटूरमा भएको कम्पनी Jayem ले नानोको इलेक्ट्रिक भेरियन्ट Jayem Neo लाई प्रस्तुत गरेको थियो । त्यस पछि यो गाडिको ४०० इकाइ क्याब एग्रीगेटर ओलाले प्रयोग गर्यो।
अब आगामी दिनमा सर्वसाधारणले पनि Jayem Neo किन्न सक्ने बताइएको छ । रिपोर्टअनुसार नानो ईभीमा ७२ केभीको ब्याट्री प्याक रहनेछ । यो कारले फुल चार्जमा २०० किलोमिटरसम्मको रेन्ज दिन सक्छ। रिपोर्टका अनुसार टाटा नानो Jayem नियोको नाममा बजारमा आउनेछ ।
Comments are closed.