पोखरा । देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका २३ मा पर्ने चापाकोट देउरालीमा आयोजना हुने चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव माघ २४ देखि २८ गतेसम्म संचालन हुनेछ ।
मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । मेलामा विभिन्न प्रतियोगिता समेत राखिएको छ । नौमती बाजा प्रतियोगितामा प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीयलाई २२ हजार २ सय २२, तृतियलाई ११ हजार १ सय ११ र सान्तवनालाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
भजन प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीय २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्तवनालाई ५ हजार ५ सय ५५ ले पुरस्कृत गरिने छ । रत्यौलि प्रतियोगितातर्फ प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीय २२ हजार २ सय २२, तृतीय ११ हजार १ सय ११ र सान्तवनालाई ५ हजार ५ सय ५५ ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्वितीय हुनेलाई ३ हजार रुपैयाँ तृतीय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार रुपैयाँ, तृतीय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै, बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय रुपैयाँ, द्वितीय हुनेलाई २ हजार रुपैयाँ, तृतीय हुनेलाई १ हजार ५ सय रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दुना टपरी बुन्ने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्वितीय हुनेलाई १ हजार ५ सय, तृतीय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिनेछ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ । पोखरा २३ का प्रकृतिक, धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धि गर्ने लगायतको उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको चापाकोट पर्यटन प्रर्वद्धन समिति सचिव घनश्याम पराजुलीले जानकारी दिए ।
महोत्सवको आयोजनामा २५ लाख खर्च लाग्ने अनुमान गरिएकोछ । महोत्सवबाट बचत भएको रकमले स्थानिय पर्यटन प्रवद्र्धका लागि खर्च गर्ने पराजुलीले जानकारी दिए । लेकसाइदेखि चापाकोटसम्म ठाउँ–ठाउँमा सांकेतिक बोर्ड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम हाम्रो योजना रहेको छ ।
महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ । महोत्वसवमा स्थानिय उत्पादन लस्सी, जमौरा, कोदोको रोटी बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायिक होमस्टे रहेको छ ।
Comments are closed.