लियो क्लब अफ हेमजाको आठौं स्थापना दिवस सम्पन्न

हेमजा । लियो क्लब अफ हेमजाको आठौं स्थापना दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिवार पोखरा स्थित ग्रिन हाउस पार्टी प्यालेसमा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष लि. निराजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ जे नेपालका मार्केटिङ चिफ एवं पोखरा महानगरपालिकाका प्रवक्ता लायन मोतिलाल तिमिल्सिना प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष लि. सुर्यराज त्रिपाठी, लायन्स क्लब अफ हेमजाका उपाध्यक्ष एवं लियो एडभाईजर लायन शन्तमान श्रेष्ठ, क्लबका पुर्व अध्यक्षहरु विशिष्ट आतिथि रहेका थिए ।

उक्त अवसरमा क्लबका पुर्व अध्यक्ष साथै लियो जिल्ला परिषद ३२५ जे नेपालका उपाध्यक्ष लि. विष्णुप्रसाद दाहाल, संस्थापक अध्यक्ष लि. सुर्यराज त्रिपाठी , लि. नविन त्रिपाठी, लि. बलराम पौडेल, लि. विकास त्रिपाठी, लि. विजय त्रिपाठी साथै निर्वातमान अध्यक्ष लि. सबिना तिमिल्सिनालाई क्लबका अध्यक्ष निराजन अधिकारीले प्रसंसा–पत्रका साथ सम्मान गरेका थिए ।

निर्वातमान अध्यक्ष लि. सविना तिमिल्सिनाले लियो लायन्स वर्ष २०२१/२२ सफल पार्न विशेष योगदान दिएका वर्तमान अध्यक्ष लि. निराजन अधिकारी, प्रथम उपाध्यक्ष लि.मनोज त्रिपाठी, द्वितीय उपाध्यक्ष लि. शुसान्त बास्तोला, कोषाध्यक्ष लि. सुशान्त बास्तोला, सह– कोषाध्यक्ष लि. शुसिल त्रिपाठी, टेकनिकल कोअर्डिनेटर लि. अर्जुन अधिकारी,सदस्य लि. मनिषा केसी, लि. पुजा तिमिल्सिना र लि. सृष्टि तिमिल्सिनालाई प्रसंसा–पत्रका साथ सम्मान गरिन् ।

साथै नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति तिमिल्सिनाले लियो क्लब हेमजाको सामाजिक कार्य प्रतिको सक्रियताको उच्च प्रशंसा गर्दै वडा नं.२५ हेमजाले क्लबका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

क्लब सदस्यरुको अभिभावकको प्रतिनिधित्व गर्दै झकंनाथ तिमिल्सिना र रमा त्रिपाठीले शुभकामना व्यक्त गरेका थिए । लियो एडभाईजर एवं पुर्व अध्यक्षहरुले पनि धन्यवाद सहित शुभकामना दिएका थिए । क्लबका सदस्य लि. स्वस्तिका बास्तोला, लि. दिब्या त्रिपाठी, लि. अनिषा अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने लि.अनिषा अधिकारी, लि. मानिषा केसी र लि. एलिसा कुवंरले स्वागत गित प्रस्तुत गरेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष लि. मनोज त्रिपाठीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद सह–सचिव एवं कार्यक्रम संयोजक लि. शुसिल त्रिपाठीले गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव लि. कपिल दाहालले गरेका थिए ।

You might also like

Comments are closed.