आज अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।आइतबार घटेको अमेरिकी डलरको मूल्य सोमबार भने स्थिर रहेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रीदर १३१ पैसा २३ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलरको सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार १ युरोको खरिद दर १४१ रूपैयाँ ०२ पैसा र बिक्री दर १४१रूपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९०रूपैयाँ ४२ पैसा र बिक्री दर९०रूपैयाँ ८४ राष्ट्र बैंकले कायम गरेको छ । सोमबार युरो र अष्ट्रेलियन डलरको मूल्य बढेको छ ।

यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९६ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ, साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्री दर ३४ रूपैयाँ ९७ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६८ पैसा र बिक्री दर ३० रूपैयाँ ८२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिदमूल्य ४२८ रुपैयाँ २२ पैसा र बिक्री मूल्य ४३० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैया ५० पैसा र बिक्रीदर ३४८ रुपैयाँ ०९ पैसा राष्ट्र बैंकले तोकेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो र अष्ट्रेलियन डलरको मूल्य बढेको छ । समग्रमा सोमबार विदेशी मुद्रा विनिमय दर हेर्दा केही विदेशी मुद्रा स्थिर रहेका छन् भने केही देशको पैसाको भाउ बढेको छ र केही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ ।

 

You might also like

Comments are closed.