काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।समितिका अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर प्रतिकेजी १६३ रुपैयाँ ६६ पैसा , अदुवा प्रतिकेजी ९५ रुपैयाँ, अनार प्रतिकेजी ३३३ रुपैयाँ ३३ पैसा, अमला प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अम्बा प्रतिकेजी १४० रुपैयाँ, आभोकाडो ३२५ रुपैयाँ मूल्य तोकेको छ ।
त्यस्तै, रातो आलु प्रतिकेजी २६ रुपैयाँ, सेतो आलु प्रतिकेजी १९ रुपैयाँ ३७ पैसा, भारतीय रातो आलु प्रतिकेजी २४ रुपैया , इमली प्रतिकेजी १४६रुपैयाँ ६७ पैसा , उखु प्रतिवटा ८६ रुपैया ६७ पैसा , स्थानीय काउली प्रतिकेजी ३०रुपैयाँ र तराई काउली२०रुपैयाँ, कागती प्रतिकेजी १२६ रुपैयाँ ६७ पैसाँ, काँक्रो लोकल प्रतिकेजी ७५ रुपैयाँ र हाइब्रीड ३५ रुपैयाँ, किनु प्रतिकेजी १३० रुपैयाँ, किवि प्रतिकेजी ३२५ रुपैयाँ, केरा दर्जनको १५०, अकबरे खुर्सानी प्रतिकेजी २८३ रुपैयाँ ३३ पैसा, हरियो खुसार्नी बुलेट प्रतिकेजी ७६रुपैयाँ ६७ पैसा, हरियो खुसार्नी माछे८६ रुपैया ६७ पैसा र सुकेको खुर्सानी प्रतिकेजी ४२५ रुपैयाँ, गाजर लोकल प्रतिकेजी २२ रुपैयाँ ५०पैसा, तराई १७ रुपैयाँ ५० पैसा, गान्टे मुला प्रतिकेजी ५६ रुपैया ६७ पैसा, गुन्दुक प्रतिकेजी २८३ रुपैयाँ ३३ पैसा मूल्य तोकिएको छ ।
त्यसैगरी,नेपलाी ठूलो गोलभेडा प्रतिकेजी ४६ रुपैया ६७ पैसा , गोलभेडा सानो नेपाली प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, गोलभेडा ठूलो भारतीय प्रतिकेजी ४६रुपैया६७ पैसा, भारतीय सानो प्रतिकेजी २२ रुपैयाँ ५० पैसा, गोलभेडा सानो (टनेल) प्रतिकेजी २२रुपैया ५० पैसा, गाठ कोबि प्रतिकेजी ४६ रुपैया ६७ पैसाँ, राजमा घिउ सिमी ८६रुपैयाँ ६७ पैसा, चमसूरको साग ५६ रुपैयाँ ६७ पैसाँ छ भने कन्य च्याउ प्रतिकेजी १३० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी ३२५ रुपैयाँ, जुनार प्रतिकेजी २६५ रुपैयाँ, तितो करेला प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा , तोरीको साग ४५रुपैया, पालूगो साग ५६ रुपैयाँ ६७ पैसा, सुन्तला नेपाली प्रतिकेजी १६३ रुपैयाँ ३३ पैसा, स्याउ झोले प्रतिकेजी २७० रुपैयाँ, स्याउ फूजी प्रतिकेजी २७५ रुपैया, स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी ३५० रुपैयाँ, हरियो धनिया ३६ रुपैयाँ ,हरियो फर्सी (डल्लो) १७रुपैयाँ ५० पैसा, नेपाली मेवा प्रतिकेजी ६५ रुपैयाँ , भारती मेवा प्रतिकेजी ८६रुपैया ६७ पैसा, मौसम प्रतिकेजी १६३ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज प्रतिकेजी ३७रुपैयाँ, हरियो प्याज प्रतिकेजी ८६रुपैयाँ ६७ पैसा, भुई कटहर प्रति गोटा १६५ रुपैया,ँ फर्सी पाकेको प्रतिकेजी ३५ रुपैयाँ मूल्य कामय गरेको छ ।
आज तरकारी तथा फलफलको औषत मूल्य हेर्दा खेरी केही तरकारीको मूल्य घटेको छ भने कहीको मूल्य बढेको देखिन्छ । पछिल्लो समयमा तरकारीको भाउ कालिमाटी थोक बजारमा केही कमी आएको छ । यद्पी खुद्रा बजारमा भने त्यति धरै कमी आउन सकेको छैन् । उता कृषकले तरकारीको उचित मूल्य नपाएपछि बाटोमा तरकारी फालेर सरकारको विरोध गरीरहेका छन् । कृषकले तरकारीको उचित मूल्य व्यवस्थापन गर्न सरकारसँग माग राख्दै आएका छन् तर पनि सरकारबाट त्यसको सुनुवाई भने त्यति भएको देखिदैन
। पछिल्लो कालिमाटीको तरकारी मूल्यलाई विश्लेषण गर्ने हो भने कृषक एकदमै मर्कामा परेको देखिन्छ किन भने पछिल्लो समयमा तरकारीको विउ र मल अनि औषधीहरु एकदमै महंगो हुदै गएको छ थाके मूल्यमा तरकारीको मूल्यमा कमि आएको छ भने कल्पना गर्न सकिन्छ कृषकले कति पाए त तरकारीको मूल्य? के उनीहरुको लगानी उठने मूल्य पाएका छन् त ? जस्ता प्रश्नमा सरकारले गम्भीर भएर ध्यानकर्षण गर्नु पर्ने देखिन्छ । पछिल्लो समयमा व्यवसायमा घाटा लागेकै कारण मानिसहरुले आत्मदाह र आत्महत्या गर्न बाध्य भएका छन् । त्यसैले बर्तमान सरकाले पनि कृषकको मर्कालाई बुझि उचित मूल्य व्यवस्थापन गर्न जरुरी देखिन्छ ।
Comments are closed.