विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ।

You might also like

Comments are closed.