के तपाई विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर ?

काठमाडौं ।  विश्व बजारमा अमेरिकी डलरको मूल्यले आफ्नो अग्रता कामयै राखेको छ भने नेपाली पैसा झन कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३२रुपैयाँ ०३ पैसा र विक्रीदर १३२ पैसा ६३ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको मुल्य थोरै पैसाले सस्तिएको छ ।

त्यस्तै, बुधबार  १ युरोको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ९१ रूपैयाँ ९३ राष्ट्र बैंकले कायम गरेको छ । सोमबार र मंगलबार लगातार बढेको युरो र अष्ट्रेलियन डलरको मूल्य बुधबार भने घटेको छ ।

यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ र बिक्री मूल्य १० रुपैयाँ ०५ , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्री दर ३५रूपैयाँ ३५ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६८पैसा र बिक्री दर ३० रूपैयाँ ८२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया २० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ७९ पैसा राष्ट्र बैंकले तोकेको छ ।

बुधबार अमेरिकी डलर, युरो र अष्ट्रेलियन, डलर, साउदी अरेवियन रियाल,कतारी रियाल,कुवेती दिनार,बहराइन दिनारको मूल्य मंगलबारको तुलनामा केही पैसा सस्तो भएको छ । समग्रमा बुधबार विदेशी मुद्रा विनिमय दर हेर्दा धरैजसो देशको मुद्राको मूल्य केही पैसाले सस्तिएको देखिन्छ भने केही देशको मूल्य महंगिएको देखिन्छ ।

You might also like

Comments are closed.