सुनचाँदीको मूल्य सामान्य बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  नेपाली बजारमा बिहीबार र सूनचाँदीको मूल्य सामान्य बढेको छ । बुधबार तोलामा २ सयले बढेको सुन बिहीबार पनि पुनः तोलामा १ सयले बढेको छ ।

तोलामा १ सय रुपैयाँले बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९सय रुपैयाँ कायम भई कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.