काठमाडौं । फ्रान्सेली अटोमेकर कम्पनी रेनोले आफ्नो कारको नयाँ लाइनअप अपडेट गर्ने भएको छ। यसअन्तर्गत कम्पनीले आफ्ना क्विड, ट्राइबर तथा किंगर कारलाई नयाँ रुपमा प्रस्तुत गर्ने भएको छ।
यी तीनवटै मोडलका इन्जिन मात्र परिवर्तन हुने छैनन्, मानक सुरक्षा सुविधाहरू पनि बढाइने छन्। यी अपडेटहरू बाहेक, कम्पनीले क्विडको नयाँ संस्करण पनि प्रस्तुत गर्नेछ। रेनोले आफ्ना डिलरहरूलाई अद्यावधिक गरिएका क्विड, ट्राइबर र किंगरका लागि बुकिङ मात्र खोलेको छैन । तिनको मूल्य पनि अद्यावधिक गर्नेछ ।
इन्जिनमा के-कस्तो परिवर्तन छ ?
तीनवटै मोडलमा एउटै पेट्रोल इन्जिन दिइएको छ । यद्यपी, अब तिनलाई रियल ड्राइभिङ उत्सर्जन नर्म्स (आरडीई) अनुसार अपग्रेड गरिनेछ। यसअन्तर्गत यी कारमा सेल्फ डायग्नोस्टिक उपकरण जडान गरिनेछ, जसले सवारी चलाउँदा गाडीको उत्सर्जन स्तरलाई निरन्तर निगरानी गर्नेछ। यस बाहेक कारमा अन्य उत्सर्जन उपकरण जस्तै उत्प्रेरक कन्भर्टर तथा अक्सिजन सेन्सर जडान गरिएको छ।
रेनोको ट्राइबरमा ७२ एचपी १.०–लिटर, तीन सिलिन्डर पेट्रोल इन्जिन छ, जुन ५ स्पीड म्यानुअल र एएमटी गियरबक्सका साथ उपलब्ध हुनेछ। त्यसैगरी, किंगरले प्राकृतिक रूपमा एस्पिरेटेड इन्जिन पाउँनेछ, जुन फाईभ स्पीड म्यानुअलसँग उपलब्ध हुनेछ। किंगरले १०० एचपि, १.० लिटर टर्बो पेट्रोल इन्जिन तथा फाईभ स्पीड म्यानुअल वा सिभिटि ट्रान्समिसन पाउनेछ। रेनोले आफ्नो लाइनअपबाट ८०० सीसी इन्जिनलाई पूर्ण रूपमा हटाएको छ।
मूल्य कति ?
यसको मूल्य ४.७० लाख भारतिय रुपैयाँबाट सुरु हुन्छ। त्यस्तै रेनो किंगर सब–कम्प्याक्ट एसयूभीको मूल्य ६.५ लाख भारुबाट सुरु भएर ११ लाख भारुसम्म पुग्नेछ भने रेनो ट्राइबरको मूल्य ६.३४ लाख भारुबाट सुरु भएर ८.७५ लाख भारुसम्म पुग्ने छ ।
Comments are closed.