सरकारले लगायो गुलाब फूलको आयातमा प्रतिवन्ध

काठमाडौं ।  भ्यालेनटाइन डे  नजिकिदैँ गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिवन्ध लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकाल्दै निकालेर अर्को व्यवस्था नभएसम्म गुलाबको आयात अनुमति नदिन १५ वटा शाखा कार्यालयलाई पत्र समेत पठाएको हो ।

‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात अनुमति पत्र जारी नगर्न सबैमा जानकारीको लागि अनुरोध छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेका केन्द्रले कार्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ ।

केन्द्रले काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थाङ्ग र बैतडीका कार्यालयलाई गुलाबको आयात अनुमति नदिन पत्र पठाएको छ ।

वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको केन्द्रले जनाएको छ । हाल गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि शर्तसहित खुल्ला गरिने समेत केन्द्रले जानकारी दिएको छ ।

विशेष गरेर फागुन २ गते पछिल्लो समयमा युवायुवतीहरु माझ लोकप्रिय भ्यालेनटाइन डे काे दिनमा गुलाबको फूलको बढी बजारमा माग हुने गर्छ  तर सरकारले लगाएको प्रतिवन्धबाट गुलाब फूलको व्यापारमा धक्का पुग्ने देखिन्छ ।भारतबाट भ्यालेनटाइन डेका लागि १ करोड रुपैयाँ भन्दाबढीको गुलाब आयत हुने गरेको थियो ।

You might also like

Comments are closed.