काठमाडौं । लिटिल आइकन नेपाल २०७९ को उपाधी यस वर्ष पनि किड्स स्कूलकी छात्रा आरोही लोहनीले हात पारेकी छन् । किड्स स्कूलमा कक्षा ४ मा अध्ययनरत उनले जुनिअर गल्र्स तर्फबाट लिटिल आइकनको उपाधी जितेकी हुन् । मस्ट फोटोजेनिक पब्लिक च्वाइस र फेसबुक च्वाइसको उपाधी पनि आरोहीले नै जितेकी छन् ।
त्यसैगरि फस्ट रनर अप पनि यसै विद्यालयले जितेको छ । कक्षा ५ कि छात्रा रिजू सुनारले फस्ट रनर अपका साथै मिस पर्फेक्टको टाइटल पनि जितेकी छन् । त्यसैगरी, कक्षा ४ कि छात्रा चाहाना क्षेत्रीले पब्लिक च्वाइस विनर बेस्ट डान्सरको उपाधि जितेकी छन् ।
त्यस्तै, कक्षा ३ कि छात्रा चाँदनी उप्रेतीले पनि फोर्थ रनर अप र मोस्ट डिसिप्लिनको उपाधी जितेकी छन् । कार्यक्रममा १३ विद्यालयका विद्यार्थीहरु सहभागी थिए । एक महिनासम्म संचालन भएको आधारभूत तालिममा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम संचालन भएका थिए । किड्स स्कूलका चारै जना सहभागी विद्यार्थीहरुले निर्धक्क भएर निर्णायकको प्रश्नको उत्तर दिइ सबैको मन जित्न सफल भएका थिए ।
विद्यार्थीले हरेक वर्ष उपाधी जित्दा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीले खुसी तथा गौरव महसुस गरेको विद्यालयका प्रिन्सिपल शर्मिला केसीले बताइन् । साथै विद्यार्थीको मेहनत र अभिभावकको साथ तथा सहयोगका लागि आभार व्यक्त गर्दै प्रिन्सिपल केसीले भनिन्– ‘विद्यार्थीको सर्वाङ्गिण विकासमा हामी सधैं प्रतिवद्ध छौं ।’
Comments are closed.