काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट अमित अग्रवालले हस्ताक्षर गरे ।
नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दिर्घकालसम्म उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्न दुई कम्पनीहरुबीच सम्झौता भएको छ ।
दुई कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई प्रभावकारी बनाउदै सेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने/गाभिने सहमति भएको हो ।
सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।
Comments are closed.