चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव सुरु

पोखरा । चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा सुरु भएको महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृती संरक्षणमा उत्कृष्ण भूमिका खेलको बताएका छन् ।

महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रमको अवलोकन गर्दै उनले यस्ता महोत्सवको आवस्यकता रहेको बताए । पोखराको पञ्चासे र फेवाताल संंरक्षणमा पोखरा २३ को भूमिका उल्लेखनिय रहेको बताए ।

पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले २३ नं वडा विकासमा पछि परेको गुनासो गर्दै पोखराको मुख्य सहरी क्षेत्रमा जस्तो विकास हुनुपर्ने पर्ने बताए । उनले आगामी दिनमा सोहीअनुसारको विकास योजना २३ मा राखिदिन आग्रह गरे ।

महोत्सव २८ गतेसम्म हुनेछ । नौमती बाजा प्रतियोगितातर्फ ५ टिमको सहभागी भएका छन् । प्रथमलाई ३३ हजार ३ सय ३३, द्वितीयलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ र सान्तवनालाई ५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिने छ । महोत्सवमा नौमती बाजा, भजन, रत्यौली, दौड, नृत्य, दुना टपरीलगायत प्रतियोगिताको आयोजना गरिएको छ ।

You might also like

Comments are closed.