किसानको संरक्षणका लागि संघ र स्थानिय तहसंग सामन्य आवश्यक : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङले वास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागि प्रदेश सरकारले नीति बनाएर अगाडि बढ्ने बताएका छन् ।

गण्डकी प्रदेशका किसानहरुको संरक्षणका लागि संघ र स्थानिय तहसंग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ रहेको थियो । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । मन्त्री गुरुङले किसानहरुको संरक्षणका लागि प्रदेश सरकारको मुख्यमन्त्रीसहित सिंगो मन्त्रिपरिषदको ध्यान केन्द्रीत भएको समेत बताए ।

किसानहरुले बजारमा भाउ पाउन नसक्नुको मुख्य कारण बजार नियन्त्रण गर्ने संयन्त्र निर्माण हुन नसक्नु रहेको बताउदै त्यसका लागि छिट्टै संयन्त्र निर्माण गरी अगाडि बढ्ने उनको भनाइ रहेको थियो । खुल्ला नाकाका कारण स्थानिय उत्पादनले भाउ पाउन नसकेको उनले बताए ।

उनले गण्डकी प्रदेश मासु र दुधमा आत्मनिर्भर भनिएको भएता पनि बाहिरी उत्पादनसंग प्रतिस्पर्धा गर्न नसक्दा आफ्नो उत्पादनले बजार नपाएको र नाकामा बाहिरबाट उत्पादन भएको वस्तु रोक्नलाई संविधानमा उल्लेख नभएकाले यसबारेमा आफुले मुद्धा उठाएर गण्डकी प्रदेशको मुख्य नाका पाल्पा र आंबुखैरेनीमा चेकपोष्टको ब्यवस्था गरी कृषक र उत्पादनलाई संरक्षण गर्ने गरी विष्तृत अध्ययन गर्ने समेत बताए ।

संघ, प्रदेश र स्थानिय तहबीच समन्वय र सहकार्य भनिएता पनि त्यसअनुरुप हुन नसक्दा कर्मचारी दरबन्दी पुरा हुन नसकेको बताउदै मन्त्री गुरुङले कृषि अनुदानबाट कृषकहरुले राहत पाउन नसकेको र त्यसलाई परिवर्तन गरेर अगाडि वढ्ने उनको भनाइ रहेको थियो । त्यस्तै, कृषि उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि अनुदानको मोडालिटि परिवर्तन गर्न आफुहरु लागिरहेको बताए ।

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्ष डाक्टर केदार राज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. प्रेरणा सेढाई भट्टराई र पशु चिकित्सक डा. राजेश चौधरीले एशोसिएसनले गरेको कार्यप्रगति चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. शोभा शर्माले स्वागत मन्तब्य राखेकी थिइन । कार्यक्रमको सञ्चालन डाक्टर सोनिया गुरुङले गरेकी थिइन ।

You might also like

Comments are closed.