चितवन २ को उपचुनाव वैशाख १० गते

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आगामी वैशाख १० गते आइतबारका दिन रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपचुनाव गर्ने गरी चुनावको मिति तोक्ने निर्णय गरेको हो।

यसअघि यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएको थियो । लामिछानेको पद खारेज भएपछि रिक्त रहेको क्षेत्रमा आयोगले उपचुनावको मिति तोकेको हो।

You might also like
Ram Tulasi Palpa

Comments are closed.