मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
पटक–पटक सूचना जारी गदै सार्वजनिक जग्गा मिचेर बनाईएका संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेरी गरेपछि शुक्रबार छायाँनाथ रारा नगरपालिकाले आफै अवैध संरचना भत्काउन थालेको हो ।
गत असोज १४ गते पहिलो पटक ३५ दिने सूचना जारी गर्दै गमगढी बजार साँघुरो भएको र सार्वजानिक जग्गा मिचेर बनाइएका संरचना घर, भर्याङ, बार्दली, रेलिङलगायत हटाउन आग्रह गरेको थियो । पहिलो सूचनामा संरचना नहटाइए पछि नगरपालिकाले मंसिर ९ गते र पुस २१ गते दोस्रो र तेस्रो पटक सूचना जारी गरेको थियो ।
त्यस लगत्तै सर्वदलीय बैठक बसी सार्वजनिक जग्गामा बनाइएका संरचनाको चिन्ह लगाउने काम गरिएको थियो । अवैध संरचना हटाउन अटेरी गरेपछि पुनः फागुन ५ गते अन्तिम सूचना जारी गरेको नगरपालिकाले आफै संरचना भत्काउन लागेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुुख विष्णुकुमार भामले बताए ।
Comments are closed.