सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २६.४७ अंकले घट्दा १ अर्ब ३३ करोडकाे कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य बढेको सेयरबजार त्यसपछि निरन्तर घटेको छ । बुधबार  २४ दशमलव ४४अंकले घटेको नेप्से बिहीबार पनि पुनः २६ दशमलव ४७ अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से घटेपनि कारोबार भने केही बढेको छ ।

आज नेप्से २६ दशमलव ४७ अंकले घटी १हजार ९ सय ६९ दशमलव ०२  विन्दुमा पुगेर बन्द भएको छ । आज २५६ कम्पनीका ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको  छ । बुधबार  १ अर्ब २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बरारबको सेयर कारोबार भउको थियो ।

बिहीबार कारोबारको आधारमा १९ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घट्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहयो । आज सबैभन्दा धेरै  हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । जसको कारोबार ८ करोड १२ लाख ८६ हजार बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्ट कम्पनीको सेयर कारोबार भएको छ ।

जसअन्तर्गत ६ करोड ३ लाख बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।यस्तै ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ७ प्रतिशत, स्वाभीमान लघुवित्त ५दशमलव ८० प्रतिशत र नाडेप लघुवित्त ५दशमलव ७४ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य ४दशमलव २९ प्रतिशत बढ्दा युनिक नेपाल लघुवित्तको ४ दशमलव ०२ प्रतिशत र बोटलर्स नेपाल तराईको ३ दशमलव ९१ प्रतिशतले बढेको छ ।

 

You might also like

Comments are closed.