युवा तथा साना व्यवसायी स्वरोजगार कोष १५ औ वर्षमा प्रवेश

७० हजार ८४५ जना व्यवसायीको स्वरोजगार बीमा

काठमाडौं ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोष १५ औ बर्षमा प्रवेश गरेको छ । वि.स २०६५ साल फागुन १९ गतेबाट औपचारिक शुभारम्भ भएको यस युवा तथा साना व्यवसायी स्वरोजगार कोष आजदेखि १५ औँ बर्षमा प्रवेश गरेको कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

यस कोषले १८ देखि ६० वर्ष उमेर समूहका आर्थिक रुपमा विपन्न बेरोजगार युवा तथा साना व्यवसायीहरुलाई विनाधितो सुलभ ब्याजदरमा व्यवसायीक कर्जा उपलब्ध गराई उद्यमशीलताको विकासमार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । राज्यको प्राथमिकतामा परेको यस कोष युवा तथा साना व्यवसायी स्वरोगजार कोष संचालन नियमावली, २०७७ अनुनसार संचालित छ ।

त्यस्तै, विनाधितो स्वरोजगार कर्जा लगानी, सहुुलियत ब्याजदरमा कर्जा लगानी, व्यवसायी तथा व्यवसायीको परियोजनाको निशुल्क बीमा तथा असल कर्जा ग्राहीहरुले ब्याजमा ६० प्रतिशत ब्याजमा अनुदान जस्ता कोषको विशेषता रहेका छन् ।

हालसम्म १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार रकम कोषको लगानी भएको रहेको छ । जम्मा लगानीमा रहेको रकम ४ अर्ब २४ करोड ६५ लाख ७ हजार ६७५ रहेको छ । ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार ७८२ रुपैयाँ विपन्न वर्ग कर्जा प्राप्त रकम रहेको छ । सञ्चित रकम आम्दानींं ८० करोड १८ लाख ८२ हजार ६९१ रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म २ हजार ६५७ वटा सहकारी, ४० वटा बैंक तथा वित्तिय संस्थामा कोषले लगानी गरको छ ।

स्वरोजगार सृजना संख्या ९५ हजार १६१ जना रहेका छन् भने अभिमुखिकरण तालिम प्रदान गरिएका व्यवसायी संख्या ४२ हजार ५६३ जना, सिपमुलक तालिम प्रदान गरिएका व्यवसायी संख्या ८ हजार ४४० जना, अनुशिक्षण तालिम प्रदान गरिएका संस्थाका पदाधिकारी संख्या ६ हजार ७८, व्याज अनुदान वितरण गरिएका व्यवसायी संख्या १४ हजार ६२ जना रहेका छन् ।

त्यसैगरी, कोषद्वारा ब्याज अनुदान वितरण गरिएका संख्या १४ हजार ६२ जना रहेका छन् । कोषद्वारा ब्याज अनुदान भुक्तानी भएको रकम १४ करोड ५८ लाख ५५ हजार ३५४ रुपैयाँ रहेको छ । कोषले हालसम्म कर्जा व्यवस्थापन शुल्क वितरण २२ हजार ३४४ जनालाई वितरण गरिएको छ । कर्जा व्यवस्थापन शुल्क भुक्तानी १ करोड ११ लाख ७२ हजार रुपैयाँ रहेको छ । ७० हजार ८४५ जना व्यवसायीको स्वरोजगार बीमा गरिएको छ।

कोषले १ हजार १५६जना व्यवसायीलाई बीमा क्षतीपूर्ति उपलब्ध गराइएको छ । जसअन्तर्गत ६ करोड ९६ लाख ९० हजार ५०१ रुपैयाँ रहेको छ । कोषले हालसम्म ७५ वटा जिल्लामा लगानी गरेको छ ।

You might also like

Comments are closed.