जि.ओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक

काठमाडौं।  जि.ओ. अटोमोबाइल्स (जि ओ फोर्ड)ले नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ भित्राएको छ । यस अगाडिका संस्करण भन्दा बलियो, परिस्कृत, आरामदायी र प्रविधिका विभिन्न फिचर समावेश गरिएकोले ग्राहकले नेक्स्ट जेन फोर्ड एभरेष्टलाई मन पराउने कम्पनीको अपेक्षा छ ।
जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेष्टको उत्कृष्ट क्षमता र सुविधालाई हेर्दा नेपाली ग्राहकको अपेक्षा भन्दा राम्रो रहेको बताए ।

नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लक्षित गरेर बनाइएको उनको दाबी छ । गाडीमा उच्च रिजोल्युसनसहितको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल दिइएको छ।

सुरक्षाको लागि गाडीमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टियर असिस्ट र रिभर्स ब्रेक समावेश छन्।

एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ। साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्छ। कम्पनीले नयाँ एभरेष्टको सुरुआती बजार मूल्य दुई करोड ४० लाख रुपैयाँ तोकेको छ।

You might also like

Comments are closed.