शुक्रबार अमेरिकी डलर, युरोसहित कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र  बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बंकले बैँकले शुक्रबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८६ पैसा र बिक्री दर १३२ रूपैयाँ ४६ पैसा रहेको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकन डलर केही पैसाले महंगिएको छ ।

त्यस्तै, आज युरो एकको खरिद मूल्य १३९ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४० रूपैयाँ ६१ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५७रूपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८रूपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ६८पैसा र बिक्रीदर ८९ रूपैयाँ ०८पैसा राष्ट्र बैंकले कायम गरेको छ । हिजोको तुलनामा युरो र अष्ट्रेलियन डलर, पाउण्डको मूल्य घटेको छ ।

यस्तै, शुक्रबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६९ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १४पैसा र बिक्री दर ३५ रूपैयाँ ३०पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ४६ पैसा र बिक्री दर २९ रूपैयाँ ६० पैसा राष्ट्र बैंकले तोकेको छ । शुक्रबार अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य बढेको छ भने केही देशको पैसाको मूल्य घटेको छ ।

पछिल्लो समयमा अमेरिकी डलरको मूल्यले विश्वबजारमा आफ्नो पकड कायमै राखेको छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा दैनिक उपभाेग्य बस्तुको मूल्य बढ्न गई आम मानिसले महंगिको भार खेप्नुपरेको छ ।

You might also like

Comments are closed.