गोदावरीको छैटौँ स्थापनाको अवसरमा हाफ म्याराथन दौड हुँदै, प्रथम विजेताले १ लाख पाउने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले १ लाख पुरस्कार पाउने छन् ।

त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैयाँ , तेस्रो हुनेले ५० हजार रुपैयाँ,चौथो हुनेले ३० हजार रुपैयाँ, पाँचौँ हुनेले २५ हजार हजार रुपैयाँ, छैटौँले १५ हजार हजार रुपैयाँ, सातौँले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर(बडिखेल चोक(टौखेल चोक(गोदावरी बसपार्क(विशङ्खुनारायण( वडा नं २ कार्यालय-बाँडेगाउँ प्रहरी प्रभाग-भट्टराई आश्रम- वडा नं १३ कार्यालय-भलि पुचः पार्टी प्यालेस-ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले रु सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए ।

नगरपालिकाले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक शिक्षकको व्यवस्था गरेको नगरप्रमुख महर्जनले जानकारी दिए ।

 

You might also like

Comments are closed.