एनआईसी एशिया क्यापिटलको ६ मा ६ अफर

काठमाडौं । एनआईसी एशिया क्यापिटलले सञ्चालनको ६ वर्ष पुरा गरेको छ ।

छैठौं वार्षिक उत्सवको अवसरमा कम्पनीले प्रदान गर्ने ६ सेवामा ६ अफर योजना सार्वजनिक गरेको छ । जसमा ६ रुपैयाँ शुल्कमा एक वर्ष लगानी व्यवस्थापन सेवा साथै कम्पनीको सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)मा सहभागी हुने इकाईधनीमध्ये ६ जनालाई रू. ५०० बराबरको एसआइपी रजिष्ट्रर गर्ने र पहिलो किस्ता भुक्तानी गरेका इकाईधनीलाई एसआइपी बुस्टरको सुविधा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ६ जना व्यक्ति तथा संस्थालाई परामर्श सेवा शुल्कमा ५० प्रतिशत छूट योजना सार्वजनिक गरेको छ ।

त्यस्तै अफर अन्तर्गत कम्पनीले एनआईसी एशिया डिम्याट सेवाको ‘९९९ लाइफ टाइम डिम्याट योजना’मा सहभागीमध्ये ६ जनालाई रू. ९९९ क्यास ब्याक गरिदिने, र ‘१००० लाइफ टाइम मेरो शेयर योजना’मा सहभागीमध्ये ६ जनालाई एक हजार क्यास ब्याक गरिदिने कम्पनीको योजना छ । ‘बीओ टू बीओ’मार्फत एनआईसी एशिया क्यापिटलमा डिम्याट खातामा निःशुल्क ट्रान्सफरको व्यवस्था अफरले गरेको छ । शेयर रजिष्ट्रारमा सहभागी हुने कम्पनीमध्ये एउटा कम्पनीलाई रू. ६ मा शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

jutta mela

त्यस्तै आइपीओ तथा हकप्रद शेयर निष्कासन सेवा लिन चाहने कम्पनीमध्ये ६ कम्पनीलाई निष्कासन तथा विक्री प्रबन्ध सेवा शुल्कमा छूट दिने कम्पनीको भनाइ छ । कम्पनीले अधिकांश अफर चैत मसान्तभित्र लागू हुने जानकारी दिएको छ ।

You might also like

Comments are closed.