नेष्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउसकी प्रिन्सिपल अनुराधा श्रेष्ठ सम्मानित

काठमाडौं । नेष्ट मन्टेश्वरी चिल्ड्रेन्स हाउसकी संस्थापक प्रिन्सिपल अनुराधा श्रेष्ठ ‘राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित भएकी छन् ।

शिक्षा क्षेत्रमा गरेको सेवाभाव र निरन्तरताको उच्च प्रशंसा गर्दै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानको तर्फबाट श्रेष्ठलाई ‘राष्ट्रिय नारी सम्मान २०७९” बाट सम्मान गरिएको हो ।

श्रेष्ठकाे जन्म  काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरमा भएको हो भने पिता अमृत श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठ हुन् ।श्रेष्ठले लामो समयदेखि शिक्षासेवा क्षेत्रमा योगदान पुर्‍याउदै आएकी छन् । साथै, उनले समाजमा रहेका अशिक्षा, रुढीवादी परम्परा र अन्धविश्वासलाई हटाउनका लागि गुणस्तरीय शिक्षा प्रदान र सभ्य नागरिक निर्माणमा  अतुलनीय योगदान समेत पुर्‍याउँदै आएकी छन् ।

श्रेष्ठले आगामी दिनहरुमा अझै क्रियाशील, सशक्त र रचनात्मक भुमिका खेल्ने विश्वास चन्द्रलोक प्रतिष्ठानले लिएको छ ।

You might also like

Comments are closed.