काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।
थपिएको यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई- एमबि प्रयोगकर्ताहरूले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरु मार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ ।
यसैगरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।
यस सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन ।
Comments are closed.