हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र , किसान खेतमा ब्यस्त

हेमजा, २६ फागुन

दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र पारिएको छ । चैतको अन्तिम साता हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लव हेमजाले जनाएको छ । “सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव २०७५ चैत २२ देखि २०७६ बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुनेछ ।

यसै गरी आलु महोत्सवको तयारी भइरहेको बेला अहिले हेमजाका किसान भने आ—आप्mनो खेतमा काम गर्न ब्यस्त छन । महोत्सवको तयारी भइरहदा किसानलाइ भ्याइ नभ्याइ छ । यसरी किसानले दुःखका साथ आलु उत्पादन त गरेका छन् तर उचित मुल्य भने पाउन सकेका छैनन् । आलुमा मात्र नभइ अन्य तरकारीमा पनि उचित मुल्य पाउन नसकेको हेमजाका किसानको गुनासो छ ।

You might also like

Comments are closed.